HamroNepalDainik.com
समाचारस्थानिय

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

११ असोज, वीरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेश कार्यालयको आयोजनामा बैंकको आदर्शनगर वीरगंज शाखाले “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ शुक्रवार बैंक परिसरमा आयोजित कार्यक्रममा ८ महिला सहित ८० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।


रक्तदान गर्नेहरुमा दिपेश राय, शैलेन्द्र प्रसाद कुर्मी, समिम हवारी, रमेश पंडित, अकलेश प्रसाद कुर्मी, दिलिप कुमार साह, दयाकान्त प्रसाद ओझैया, कर्तव्य सिंह लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र सिंहले बताए ।

सो रक्तदान कार्यक्रममा बैंक मधेश प्रदेशका भास्कर मल्ल, मर्यादा थापा, वीरगंज शाखाका प्रबन्धक मेघनाथ सोनार, नरेश शर्मा, नितेस कुमार, मनमोहन शर्मा, निजगढ शाखाका प्रबन्धक दिपेश खड्का, जीतपुर शाखाका प्रबन्धक राजु पौडेल, पोखरिया शाखाका कर्मचारी र संचारकर्मी रामेश्वर चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमाका प्रबन्धक, कर्मचारीहरु तथा बैंकका ग्राहकहरुको सहभागिता रहेको थियो ।

Related posts

बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा सुशासन पार्टीबाट चौरसियाको उम्मेदवारी दर्ता

hamronepaldainik

भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

hamronepaldainik

श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

hamronepaldainik
HamroNepalDainik