HamroNepalDainik.com
समाचार

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

१२ असोज, काठमाडौं। बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए।

त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।

यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।अनलाईन खबर

Related posts

युवा नेता कुशवाहा कलैया वडा नं १६ मा लोकप्रिय बन्दै

hamronepaldainik

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

hamronepaldainik

११ गते देखि २२ गते सम्म कलैया सस्तो रमाईलो मेला

hamronepaldainik
HamroNepalDainik