HamroNepalDainik.com
समाचारस्थानिय

विश्रामपुरको प्रमुख प्रशासकीय अधिकृतमा ओझा हाजिर

बारा । बाराको विश्रामपुर  गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राकेश ओझा हाजिर भएका छन । नेपाल कै आर्थिक नगरी  वीरगन्ज महानगरसँग जोडिएको उक्त गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुधन लामिछानेले कार्यभार सम्हाल्दै आएकोमा आज आइतबार अधिकृत ओझा हाजिर भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत ओझालाई गाउँपालिका अध्यक्ष  जुल्फकार अलि भुटो र उपप्रमुख प्रियंका देवीले लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले माला , गम्छा र अविरको टीका लगाई स्वागत गरेका छन्।

गाउँपालिकालाई जिल्लाको नमुना गाउँपालिका बनाउने काममा आफूले निर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत ओझा गरेका छन्।

अधिकृत ओझाले आफूले कानुनको परिधिभित्र रहेर काम गर्ने बताए । कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन् । यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा ओझाले कार्यभार सम्हालि सकेका छन् ।

Related posts

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik

एडि मैक्सको आयोजनामा होटल मकालुमा दु दिने शैक्षिक मेला सुरु

hamronepaldainik

सन् २०३० भित्र वन फडानी रोक्न विश्वका नेताहरू सहमत

hamronepaldainik
HamroNepalDainik