HamroNepalDainik.com
समाचार

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

२० असोज, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच डीआईजी भरतबहादुर बोहराले मोटरसाइकल हस्तान्तरण गरे । जसमा १६ वटा मोटरसाइकल र १० वटा स्कुटर छन् ।

हराएको भन्दै विभिन्न मितिमा परेका उजुरीहरुका आधारमा प्रहरीले खोजतलास गरी मोटरसाइकल फेला पारेको हो । मोटरसाइकल तथा स्कुटरहरुमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारिएको ट्राफिकले जनाएको छ ।

आइतबार बुझाइएका २६ वटासहित १४१ वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । अनलाईन खबर

Related posts

तेस्रो मधेश आन्दोलन हुन सक्छ : अध्यक्ष ठाकुर

hamronepaldainik

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

hamronepaldainik

नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साह को नेतृत्व मा हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना

hamronepaldainik
HamroNepalDainik