HamroNepalDainik.com
समाचारस्थानिय

हाम्रो नेपाल दैनिक डट कमको वार्षिकोत्व सम्पन्न, छात्रावासमा व्याग तथा शैक्षिक सामग्रीहरु वितरण

२३ असोज,वीरगंज । हन्ट नेपाल मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो नेपाल दैनिक डट कम अनलाईनले बुधवार आफ्नो चौथौ वार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

अनलाईन पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा वीरगंज आदर्शनगर स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

छात्रावास परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले अनर्लाइनको उत्तरोतर प्रगतिको कामना गर्दै यो छात्रावास सँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले करिब एक दशक भन्दा अगाडि देखि म यो छात्रावासमा आश्रित बालबालिकाहरुको लागि सहयोग गर्दै आएको र आउने दिनमा पनि आवश्यक पर्ने सहयोगहरु गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।

पर्सा जिल्लाका अन्य पत्रिकाहरुले आफ्नो वार्षिकोत्सव ठूल–ठूला होटेलहरुमा लाखौ खर्च गरी मनाउने गरेको तर यस अनलाईनले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै व्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरी मनाएकोमा आफू असाध्यै हर्षित भएको बताए ।

सोअवसरमा जनजाति कल्याण आश्रम नेपाल राष्ट्रिय छात्रावासका प्रमुख महेश्वर हाँस्दाले यस छात्रावासमा आश्रित २७ जना बालबालिकाहरु वीरगंजको विभिन्न विद्यालय तथा कलेजहरुमा अध्ययन गरिरहेको बताउदै आश्रित बालबालिकाहरुको बस्ने, खाने, पढाई खर्च लगायतका सम्पूर्ण व्यवस्थापन यस छात्रावासले विभिन्न दाताहरुको सहयोगमा गर्दै आएको जानकारी दिए ।

सो कार्यक्रमको अध्यक्षता गर्दै सञ्चालक रामेश्वर चौरसियाले अनलाईनलाई चौथौ वर्षसम्म पु¥याउनमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी, शुभेच्छु्क लगायत सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा हिन्दु स्वयम् सेवक संघका रन्जित साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य र नेपाल पोष्ट डेलीका सञ्चालक मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति सदस्य अजय चौरसिया,  सञ्चारकर्मीहरु बलिराम यादव, अनुप यादव, जय यादव लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन कालिका टाईम्स दैनिकका सम्पादक शम्भु कुमार सुमनले गरेका थिए ।

 

Related posts

संविधान दिवसमा वीरगञ्ज कारागारबाट २४ जना कैदी रिहा

hamronepaldainik

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

hamronepaldainik

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik
HamroNepalDainik