HamroNepalDainik.com
समाचार

चलचित्र हलको परिसर भित्र (MRP) भन्दा बढी मूल्यमा पानी तथा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौँ । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ

Related posts

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

hamronepaldainik

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

hamronepaldainik
HamroNepalDainik