HamroNepalDainik.com
खेलकुदप्रदेशसमाचारस्थानिय

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड

महेन्द्रनगर (धनुषा), १२ पुसः  (रासस) नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।
बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरूले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।
रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो । नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो ।
यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो ।

Related posts

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

hamronepaldainik

स्वतन्त्र उम्मेदवार जयसवालले दिए चुनावी कार्यक्रममा तिब्रता

hamronepaldainik

पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु गायब हुदै

hamronepaldainik
HamroNepalDainik