HamroNepalDainik.com
समाचार

समाजवादी प्रेस संगठन पर्साको दुई वटै समानान्तर कमिटी बिघटन, संयोजकमा चौरसिया चयन

वीरगंज । समाजवादी प्रेस संगठन नेपालको आईतवार बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकले पर्सा शाखामा रहेको दुईवटा समानान्तर कमिटीलाई विघटन गरेको छ ।

बिगत एक वर्ष देखि समानान्तर कमिटी रहेकोमा त्यसलाई एकताबद्ध बनाउनका लागि दुवै कमिटीलाई विघटन गर्दै पदाधिकारी बैठकले अजय चौरसियाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ कमिटी गठन गरेको छ ।

कमिटीको सदस्यहरुमा आशमहम्द मियाँ, शम्भुकुमार सुमन, दिपेन्द्र गिरी र विनोद पटेल रहेका छन् । दुवै समानान्तर कमिटीका अध्यक्षद्धयलाई सदस्यमा राखिएको संयोजक चौरसियाले बताएका छन् ।

त्यसैगरी बैठकले समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला आउँदो फागुन ७ गते काठमाडौंमा गर्ने जनाएको छ । राष्ट्रिय भेलाको अघिल्लो दिन केन्द्रीय कमिटीको बैठक बस्ने पनि जनाईएको छ ।

संगठनको पदाधिकारी बैठकले राष्ट्रिय भेला एवं केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको बैठकमा सहभागि संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् । बैठकले नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं संगठनका नयाँ तोकिएका इन्चार्ज उपाध्यक्ष प्रकाश ज्वालालाई स्वागत गर्दै निवर्तमान इन्चार्ज एवं प्रचार विभाग प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडालाई विदाई गरिएको छ । यसैगरी बैठकले संगठनको जीवनमा गम्भिर आघात पुग्नेगरी अवाञ्छित क्रियाकलाप गर्ने अध्यक्ष विश्वमणी सुवेदी, विशेष अदालतबाट भ्रष्टाचार प्रमाणीत भएका महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, र कोषाध्यक्ष कृपा भण्डारीले संगठनको हितविपरित कार्य गर्दैै अर्को संगठनमा प्रवेश गरेपछि उनीहरुलाई समेत कारवाही गरिएको संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related posts

वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

hamronepaldainik

भारतले धान, चामल निर्यातमा लगाएको कर हटाउन बिरगंज उधोग वाणिज्य संघको माग

hamronepaldainik

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik
HamroNepalDainik