HamroNepalDainik.com
राष्ट्रियसमाचार

अदालतबाट पनि समयमै न्याय पाइयोस् : बालेन

२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरुले समयमै न्याय निरुपण गर्ने गरेको बताए ।

‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय समयमै पाउन निकै गाह्रो छ । स्थानीय सरकार घर नजिकको सरकार भएको हुनाले छिटो न्याय पाइन्छ भनेर नेपाली जनताले हाम्रो समितिमा आइदिनुभयो,’ मेयर शाहले भने, ‘जसरी यहाँ न्याय निरुपण हुन्छ, जनताले न्याय पाउँछन् त्यसैगरी अदालतहरूबाट पनि न्याय पाइयोस् ।’

न्यायिक समिति संयोक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाई गरी न्याय निरुपण गरिएको जानकारी दिइन् ।

कुल ६०८ वटा विवाद निरुपण हुँदा ३२६ वटा विवादमा निर्णय भएको र बाँकी १४१ विवाद मेलमिलापको माध्यमवाट समाधान भएको उनले उल्लेख गरिन् ।

१३२ निर्णय उपर पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिदा १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहवाट सदर भएको उनको भनाइ थियो ।

महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको समेत उनले जानकारी दिइन् ।पैसा नभएका कारण न्यायमा पहुँच नहुने अवस्थाका महानगरबासीलाई महानगरपालिकाले कानुन व्यवसायीबाट निःशुल्क कानुनी सेवा उपलब्ध गराउने गरेको छ । यसको खर्च महानगरपालिकाले व्यहोर्ने गरेको छ । यो सेवा २०८० चैत्र १८ बाट प्रारम्भ गरिएको हो ।साभार अनलाइन खबर

Related posts

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

hamronepaldainik

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik