HamroNepalDainik.com
समाचारस्थानिय

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

वीरगंज । पर्साकाे दाेस्राे सरदमुकामकाे रुपमा चिनिने पाेखरिया नगरपालिकामा स्थापन भएकाे मालपाेत तथा नापी कार्यालयकाे यही फागुन १५ गते बिहिबार उद्घाटन हुने भएकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ९ स्थित सेमरवारी चाैकमा  संचालनमा आउने मालपाेत तथा नापी कार्यालयकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी द्वारा उद्घाटन हुने  पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले वताए ।

पाेखरिया नगरपालिका कार्यालयले आयाेजना गर्न लागेकाे उद्घाटन कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे मेयर चाैहानले बताएका छन् ।

लामाे समयकाे प्रयासपछि संचालन  आउन लागेकाे मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन कार्यक्रममा सहभागि हुन मेयर चाैहानले सम्पूर्ण नगरबासी तथा क्षेत्र बासीहरुमा अनुराेध समेत गरेका छन् ।

पाेखरियामा मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन भएकाे दिन देखि नै कार्यालय संचालनमा समेत आउने आउने जनाइएकाे छ ।

पाेखरियामा मालपाेत तथा नापी कार्यालयमा संचालनमा आएपछि पाेखरिया सहित ग्रामिण क्षेत्रका जानतालाई भुमि सम्बन्धि सेवा पाउन सहज हुने विश्वास लिइएकाे चौहानले जानकारी दिएका हुन ।

Related posts

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

hamronepaldainik

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

hamronepaldainik

भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू: ट्राफिक प्रहरी

hamronepaldainik
HamroNepalDainik